राजनीति

सुनसरीमा देउवाले भित्र्याए अन्य पार्टीका सयौंलाई काँग्रेसमा

१० चैत, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सयौं अन्य पार्टीका नेता कार्यकर्तालाई काँग्रेस प्रवेश गराएका छन् । धरानमा ५६ औं अन्तरास्ट्रिय जातिय विभेद उन्मुलन दिवसका रुपमा आयोजित समाबेसी लोकतन्त्र र सम्बैधानिक ब्यावस्था बिसयक प्रदेश स्तरिय अन्तर्कृया कार्यक्रममा सुनसरी आएका सभापति देउवाले पार्टी प्रवेश गराएका हुन् ।
पछिल्लो समय देशभर नेकपामा आएको बितृष्णका कारण काँग्रेस प्रवेश गर्नेहरुको लहड चलिरहेका बेला सभापति देउवाले सुनसरीमा अन्य पार्टीका युवाहरुलाई काँग्रेसमा भित्र्याएका छन् । पार्टी प्रवेशमा बराहक्षेत्र नगरपालीकाकामात्र झण्डै दर्जन युवा प्रवेश गरेको स्थानीय काँग्रेस नेताले बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की, मीन बिश्वकर्माका साथमा पार्टी प्रवेश गरेका थिए ।
सभापति देउवाले नवप्रवेशीलाई सयपत्री पुलको माला लगाईदिएका थिए भने पार्टीको साधारण सदस्यतासमेत दिलाएका थिए ।