११ चैत्र, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीलाई ओलीलाई दलालका रुपमा मोहरा बनाएको टिप्पणी गरेका छन् ।
संविधान बनाउने बेलामा धावा बोलिएका शक्तिहरुले तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई दलालको रुपमा, मोहोराको रुपमा प्रयोग गर्न सफलता प्राप्त गरेको दाबी गरेका हुन् ।
आज धुलिखेलमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले आफ्नाबारे आफैं निर्णय गर्ने नेपालीहरुको अधिकार खोस्ने प्रयास भइरहेको समेत बताएका छन् ।
शान्ति प्रक्रिया, संविधान निर्माणदेखि एमाले र माओवादी केन्द्रबीचको एकतासम्म आइपुग्दा नेपालीहरु कसैको दबाव वा हस्तक्षेपमा नभई आफ्नो निर्णय आफैंले गर्न सक्छन् भन्ने स्थापित गरिएको उनले बताए ।
तर त्यसलाई मन नपराएकाहरुले नेकपाभित्र दलाल तयार पारेको भन्दै प्रचण्डले भने जसलाई पार्टीको अर्को अध्यक्ष बनाइएको थियो, तीनै अध्यक्षलाई दलालका रुपमा मोहोरा बनाउन सफल भए ।
’त्यही कारण प्रधानमन्त्रीले ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने कदम चालेको उनले बताएका छन् । यद्यपि त्यसविरुद्ध जनता जागरुक भएको र सर्वोच्च अदालतलले त्यसलाई खारेज गरेर संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेको उनले बताए ।





