१९ चैत्र, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दर्ता गरेको पुनरवलोकन निवेदन सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको बेन्चमा परेको छ ।
उक्त निवेदनमाथि आजै सुनुवाइ हुँदैछ । राणासहित न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको बेन्चमा उक्त निवेदनको सुनुवाई हुने भएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रचण्ड निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।
न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एकता बदर गर्ने फैसला गरेको थियो । सर्वोच्च अदालतले फागुन २३ गते यस्तो फैसला गरेको हो ।





