राजनीति

केपी ओली पार्टी बनाउन हैन, गुट बनाउन लाग्नु भएको छः नेता नेपाल

२२ चैत, काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले नबौं महाधिवेशनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेशनका नाममा एमालेमा गुटबन्दी चलाएको बताएका छन् । नेता नेपालले प्रधानमन्त्रीले डिपीआर नै नभएका सडकको बालुवाटारबाट उद्घाटन गरेर तमासा देखाएको भन्द्ै थपे, ‘‘जनता कुरा हैन काम चाहन्छन् । जनताको मन जित्न कुराले हुँदैन । काम गर्नुपर्छ । कम्युनिष्ट पार्टीलाई विर्सजनको दिशामा लान खोज्नु भयो । हामी कम्युनिष्ट पार्टीलाई सही बाटोमा लैजान चाहन्छौं ।’
नेता नेपालले भने, ‘केपी ओली पार्टी बनाउन हैन, गुट बनाउन लाग्नु भएको छ । उहाँ सिद्धान्तमा हैन भजन मण्डली बनाउन लाग्नु भएको छ । हामी जनता, राष्ट्रका लागि समर्पित भएर लाग्न खोजिरहेका छौं,’