२३ चैत्र, काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर जनता समाजवादी पार्टीसंग सहकार्य गर्दै नयाँ सरकार बनाउने रणनीतिमा लागेका छन् । जसपा, माओबादी केन्द्र र काँग्रेस मिलेमा सरकार बनाउनका लागि स्पष्ट बहुमत पुग्ने हुँदा त्यही बाटोमा नेताहरुको छलफल भईरहेको देखिन्छ ।
यस्तै माओवादीले पहिले नै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न अफर गरेका थिए । भने सभापति देउवा पनि आन्तरिक बहुमत जुटाउनमा व्यस्त देखिएका छन् ।
यस्तै बैकल्पीक सरकार गठनका लागी कांग्रेसले सकारात्मकता देखाए पनि जनता समाजवादी पार्टी जसपाको एउटा खेमा भने अँझै तयार भईनसकेको अवस्था छ ।
यसै क्रममा माअओवादी केन्द्रका अध्यक्ष पुष्पकमल र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोलाई फकाउने प्रयासमा रहेका छन् ।
उता अर्का अध्यक्ष उपेन्द्र यादव र संघिय परिषद अध्यक्ष डा .बुराम भट्टराई र भने ओलीको विकल्प खोज्न विना सर्त राजि छन् । कांग्रेसले प्रधानमन्त्री ओलीको राजिनामा मागेर सरकारको नेतृत्व गर्ने भन्दै कांग्रेसका वरिष्ठ नेता पौडेलको भनाईमा महन्थ ठाकुर असन्तुष्ट देखिएका छन् ।
जसपाले समेत नेतृत्वको दाबी गरिरहेका बेला कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बनाउने भनि गरेको निर्णयले वार्तालाई असर गरेको ठाकुरको भनाई छ । ठाकुरलाई भेट्ने कांग्रेसका वरिष्ठ नेता पौडेल आईतबार उनकै निवासमा पुगेका थिए ।
पौडेलले भने आफ्नो भनाईलाई नकारात्मक तरिकाले नलिन भन्दै समझदारीमा प्रधानमन्त्रीको उम्मेदवारी तय गर्न सकिने बताएका थिए । साथै ठाकुरले भने रेशम चौधरि रिहाई लगाएतका पुरानै अडान दोहर्याएको स्रोतको दाबी छ । यस्तै नेृतत्वको लागी अघि सारिएका देउवा आाफैले भने पहल कदमी लिएका छैनन् ।
अनौपचारिक रुपमा उनले जसपासंग कुराकानि गर्न पौडेललाई जिम्मेवारी दिएको श्रोतको भनाई छ । यद्यपि माओवादी र काँग्रेस तयार भएपनि जसपा सिंगो समर्थन नजुटेसम्म सरकार बन्ने सम्भव छैन ।माओबादी केन्द्र भने ओलीलाई हटाउन भएभरको बल ल गाईरहेको अवस्था छ, ओली हटाएपछि सभापति देउवा प्रधानमन्त्री बन्दा माओबादी केन्द्रको समर्थन निश्चित छ ।सरकारको नेतृत्वकर्ता तथा प्रधानमन्त्रीको सर्बत्र चर्चामा सभापति देउवा देखिएका छन् । कसैकसैले भने ५ बर्षका लागि ओली नै प्रधानमन्त्रीमा निरन्तर रहने हुँदा अन्यको चर्चा गर्नु अनावश्यक भन्ने टिप्पणीसमेत गरेका छन् ।
जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले संसद्मा अविश्वास वा विश्वासको मतको प्रस्ताव नआएसम्म जसपाले यो वा त्यो पक्षमा जाने भन्ने निर्णय लिन नसक्ने बताएका छन् । भने माओवदी केनद्र र कांग्रेस भने जसपालाई मनाउने रणनीतिमा छ ।नेपाली काँग्रेस पार्टीले आफ्नो नेतृत्वमा सरकार बनाउन प्रयास गर्ने, ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अबिश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने अरुले अबिश्वासको प्रस्ताव दर्ता नगरे आफैं गर्ने निर्णय गरिसकेको छ । नेता ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देखिएका छन् भने डा बाबुराम भट्टराई र उपेन्द्र यादब अवशर आए जसपाकै नेतृत्वमा सरकार बनाउने रणनीतिमा छन् यदि आफ्नै नेतृत्वमा सरकार नबने ओलीलाई हशटाएर सभापति देउवा नेतृत्वको सरकार बनाउँदा डा बाबुराम र उपेन्द्रले सहमती गर्ने देखिन्छ । जसपामा पनि सरकारलाई समर्थन गर्ने बिषयमा स्पष्ट दुईधार छ ।





