२६ चैत, काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार प्रमुख तीन राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने भएको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि शुक्रबार अपरान्ह ३ बजेका लागि नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेतालाई छलफलका लागि आमन्त्रण गरेका हुन् । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मुलुकको समसामयिक परिस्थितिका बारेमा साझा धारणा बनाउन बैठकको आयोजना गरिएको हो ।
सभापति देउवाले बदलिँदो राजनीतिक परिस्थितिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अबिश्वासको प्रस्ताव र नयाँ सरकारको नेतृत्व गर्ने बिषयमा कुराकानी गर्ने देउवा निकट नेताले बताएका छन् । आवश्यक परे र सहमती भएमा काँग्रेस सभापति देउवाले आफुलाई प्रधानमन्त्रीको रुपमा उभ्याउन तीन दलका नेताहरुमा छलफलमा छन् ।





