राजनीति

नेता पौडेलको आक्रोशः जनता भोट मात्रै हालिराख्ने मेसिन हुन् र?

२८ चैत, काठमाडौँ। नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीको बिकल्पको बारेको सोचेको बताएका छन् । उनले तनहुमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै केपी शर्मा ओली र काँग्रेसका केही नेताहरुसमेतले चुनाव चुनाव भन्दै हिँडेको बिषयमा बोल्दै महत्वाकाँक्षी नेताहरुको भोट हाल्नेमात्र जनता नभएको भन्दै निर्बाचनमा एकपटक मतदान गरेपछि पुरा अबधी नै बस्नुपर्ने बताए ।
उनले भोट हाल्ने मेसिनमात्र नेपाली जनता नभएको भन्दै मतदातालाई खेलौना सम्झन नहुने बताए । उनले जनताले मतदान गरेर निर्बाचन जिताएपछि त्यसको उपलब्धी हुनुपर्ने भन्दै अहिलेको सरकारले जनताको मतको दुरुपयोग गरेको बताए । उनले बर्तमान सरकारलाई अपदस्त गरेर नयाँ सरकार बनाउनुपर्ने बिचार ब्यक्त गर्दै सभापति देउवा र बरिष्ठ नेता पौडेलबिचको पछिल्लो समयमा भाईरल बिबादित भिडियोको बिषयमा पत्रकारले सोधेको प्रश्नको उत्तरमा केपी ओलीलाई हटाउन एमालेकै अन्य नेताहरु लागेका बेलामा आफूहरुले अबिश्वासको प्रस्ताव राखेर ओली सरकार गिराउन राखेको प्रश्ताव सभापति देउवाले नमानेको बताए । उनले कम्युनिष्टले बाग्मतीलगायतका प्रदेशका सरकारसमेत गिराएर कम्युनिष्ट सरकार हटाउने सम्भावना बलियो भएपनि एमाले र माओबादी नबन्दैको अवस्थाको बारेमा सुनाए। उनले अझैपनि नयाँ सरकार बनाउन सकिने र ओली नेतृत्वको सरकार ढाल्न सकिने भएपनि त्यसलाई मिलाएर लान आवश्यक रहेको बताए।
उनले काँग्रेसको नेतृतवमा सरकार बनाउन आफूहरुले पहल गरेपनि माओबादी केन्द्रले सहयोग गर्नेभएपनि जसपाले अनितम निर्णय नदिएका कारण काँग्रेस नेतृतवको सरकारको टुंगो नलागेको बताए ।