राजनीति

नेतृ डीलाको आक्रोसः कम्युनिस्ट सरकारले रास्ट्रको सिमाका बारेमा नेपाली जनतालाई जबाफ दिनु नपर्ने ?

३० चैत, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एबम् साँसद डा डिला सँग्रौलाले सार्बभौमसम्पन्न नेपाली जनताको प्रतिनिधिमुलक संसदले पारित गरेको राजनीतिक भूगोलको नक्सालाई सरकारले किन लुकाएको ? भन्दै प्रश्न सोधेकी छन् । उनले अन्तरास्ट्रिय कम्युनिस्ट सरकारले रास्ट्रको सिमाका बारेमा नेपाली जनतालाई जबाफ दिनु नपर्ने ? भनेर आक्रोस पोख्दै रास्ट्रवाद भनेको सनक चढदा देखिने र सनक ओर्लदा हराउने बस्तु हो र ? भन्ने प्रश्न थपेकी छन् ।
डा संग्रौलाले सरकार चुच्चे नक्सा कता गयो ? भनेर सोेकी छन् । काँग्रेस नेतृ डा संग्रौलाले रास्ट्रपति बिद्यादेवी भण्डारीले बितरण गरेको बिभुसण चुच्चे नक्सा हराएको सन्दर्भमा उक्त आक्रोस पोखेकी हुन् । नेपाल महिला संघकी पुर्व अध्यक्षसमेत रहेकी डा संग्रौलाले सुर्यखबरसँग कुरा गर्दै प्रधानमन्त्री ओली देश र जनताप्रति जवाफदेही हुन नसकेको आरोप लगाएकी छन् ।