११ वैशाख, काठमाडौं । भारतमा एकैदिन तीन लाख ४५ हजार मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा यहाँ तीन लाख ४५ हजार एक सय ४७ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै भारतमा संक्रमित हुनेको संख्या एक करोड ६६ लाख २ हजार भन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा यहाँ कोरोना संक्रमणका कारण दुई हजार ६ सय २१ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट हालसम्म एक लाख ८९ हजार पाँच सय बढीको ज्यान गइसकेको छ ।
शनिबार बिहान भारतमा २५ लाख ५० हजार मानिस सक्रिय संक्रमित अवस्थामा छन् । संक्रमितमध्ये हालसम्म एक करोड ३८ लाख ६२ हजार निको भइसकेका छन् ।





