पु.समाचार

गोदाममा छापा मार्दा पेस्तोल र गोली भेटियो, कामदार पक्राउ

१३ वैशाख, माेरङ । विराटनगरका राजकुमार रौनियारको गोदाममा छापा मार्दा पेस्तोल फेला परेको छ । तस्करीको सामान लुकाउको आशंकामा गोदाममा छापा मार्दा राजस्व अनुसन्धान कार्यालयको टोलीले कटुवा पेस्तोल र दुई राउण्ड गोली फेला पारेको हो ।

रौनियारको गोदाममा तस्करी गरिएका कपडा र हार्डवेयरका सामाग्री लुकाएको आशंकामा राजस्व अनुसन्धान टोलीले छापा मारेको थियो । छापा मार्दा गोदममा पेस्तोल भेटिएपछि गोदामका कामदार इटहरी उपमहानगरपालिका १७ घर भई विराटनगर बस्ने २४ वर्षीय सुजितकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ गरिएका साहले पेस्तोल आफूले राखेको स्वीकार गरेको बताइएको छ । घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।