अन्तर्राष्ट्रिय

विश्वमा एकैदिन १० हजार ६ सय संक्रमितकाे मृत्यु, ६ लाख ६८ हजारमा संक्रमण

१४ वैशाख, काठमाडौंं । कोरोना भाइरस संक्रमणबाट विश्वमा एकैदिन १० हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा १० हजार ६ सय ३९ संक्रमितको मृत्यु भएको हो ।

योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या मंगलबार बिहानसम्ममा ३१ लाख ३३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ६८ हजार दुई सय ६९ हजार मानिसमा कोरोना पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमण हुनेको संख्या १४ करोड ८४ लाख ६६ हजार भन्दा बढी पुगेको छ ।

संक्रमितमध्ये हालसम्म १२ करोड ६५ लाख ६२ हजार निको भइसकेका छन् भने हाल विश्वभर सक्रिय अवस्थामा एक करोड ८७ लाख ७० हजार संक्रमित रहेका छन् ।