१४ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणबाट थप दुई हजार सात सयको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा यहाँ दुई हजार सात सय ६४ जना संक्रमितको मृत्यु भएको हो ।
योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या मंगलबार बिहानसम्ममा एक लाख ९७ हजार ८ सय ८० पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा तीन लाख १९ हजार चार सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमित हुनेको संख्या एक करोड ७६ लाख २५ हजार नाघेको छ ।
भारतमा संक्रमितमध्ये हालसम्म एक करोड ४५ लाख ४५ हजार निको भइसकेका छन् भने यहाँ सक्रिय अवस्थामा अझै २८ लाख ८२ हजार पाँच सय भन्दा बढी रहेका छन् ।





