पु.समाचार

अस्पतालमा छैन अक्सिजन, सरकार भन्छ–‘नेपालमा अक्सिजनको अभाव हुँदैन’

१४ वैशाख, काठमाडौं । कार्णालीको प्रदेश अस्पताल सुर्खेतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेसँगै अक्सिजनको अभाव हुन थालेको छ । भातरबाट फर्कने क्रम बढेसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेको र अक्सिजनाको अभाव भएको हो ।

प्रदेश अस्पताल सुर्खेतको आफ्नै अक्सिजन प्लान्ट छ । तर हाल बिग्रिएका कारण नेपालगञ्जको भर पर्नुपर्ने अवस्था छ । पर्याप्त मात्रामा अक्सिजन नहुँदा समस्या आउन सक्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन् ।

यता नेपाल सरकार भने नेपालमा अक्सिजनको अभाव नहुने दाबी गरिरहेको छ । मन्त्रिपरिषद सोमबार बसेको बैठकले अक्सिजनको अभाव नहुने बताएको हो ।
नेपालमा भएका अक्सिजन प्लान्टबाट उप्पादित २० प्रतिशत अक्सिजनमात्रै खपत भइरहेको र प्लान्टलाई पूर्ण क्षमतामा चलाएको अवस्थामा अस्पतालमा अक्सिजन अभाव नहुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले बताए ।

५० हजार अक्सिजनको सिलिण्डर ल्याउने निर्णय भएको र त्यसमध्ये तत्काल फाष्ट ट्रयाक विधिबाट २० हजार सिलिन्डर ल्याउने मन्त्रिपरिषदले निर्णय गरेको मन्त्री ठगुन्नाले जानकारी दिए ।