१५ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणबाट एकैदिन तीन हजार दुई सय बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा यहाँ तीन हजार दुई सय ८५ जनाको मृत्यु भएको हो ।
योसँगै बुधबार बिहानसम्ममा भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख एक हजार एक सय बढी पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ६२ हजार ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमण हुनेको संख्या एक करोड ७९ लाख ८८ हजार पुगेको छ ।
संक्रमितमध्ये एक करोड ४८ लाख सात हजार निको भइसकेका छन् । भारतमा हाल सक्रिय अवस्थामा २९ लाख ७९ हजार सात सय बढी मानिस रहेका छन् ।





