काठमाडौँ, २४ वैशाख । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेशको लागि अन्य पार्टीले उम्मेदवार टुङ्ग्याए पनि नेकपा एमालेले भने उम्मेदवार टुङ्ग्याएको छैन ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त क्षेत्रबाट रामबहादुर थापा ‘बादल’लाई उठाउने निर्णय गरे पनि बादल भने उक्त क्षेत्रबाट चुनाव नलड्ने भएका छन् ।
उक्त क्षेत्रमा माओवादी केन्द्रका तर्फबाट बादल निर्वाचित भएका थिए । तर बादल एमाले प्रवेश गरेपछि माओबादी केन्द्रले पदमुक्त गरेको हो ।
स्रोतका अनुसार संयुक्त गठबन्धनको तर्फबाट डा. खिमलाल देवकोटाले उम्मेदवारी दिने भएका छन् । देवकोटा माओवादी, कांग्रेस र जसपाको संयुक्त उम्मेदवार हुन् ।





