पु.समाचार

सभापति देउवासँगको भेटपछि ठाकुर र महतो पुगे ओली निवास बालुवाटार

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्। उक्त भेटघाटपछि उनीहरु बालुवाटार पुगेका छन्।

देउवासंगको भेटघाटपछि ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न निवास बालुवाटार पुगेका हुन्। उक्त भेटघाटमा पछिल्लो समयको राजनीति घटनाबारे छलफल भएको स्रोतले बतायो।