२७ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका सभापति एबम् संसदीय दलका नेता शेरबहादुर देउवाले देश अत्यन्तै अप्ठ्यारोमा परेको बताएका छन् । नेपाली जनताको त्याग र पशिनाले प्राप्त गरेको संघीय लोकतान्त्रीक गणतन्त्रात्मक ब्यवस्था ल्याएको भन्दै लोकतन्त्रका लागि जीवन आहुति दिने सहीदहरुलाई सम्झिएका छन् ।
सभापति देउवाले लोकतन्त्रका लागि योगदान गर्दे आफुभन्दा सिनियर र समकक्षीलाई पनि देउवाले सम्झिएका छन् । उनले लोकतन्त्रलाई के हामीले उच्च नैतिक धरातलमा राखेका छौं ? सरकारका संचालकबाट संबिधान सुरक्षीत छ ? जस्ता प्रश्नहरुबाट राजनीतिक नेतृत्व भाग्न नसक्ने बताएका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीनबर्ष अघि दुईतिहाई मत दिएको भन्दै काँग्रेसले रचनात्मक भूमिका खेलेर काम गर्न मजाले दिएको बताए ।
सभापति देउवाले सबै काम बिगारेर प्रधानमन्त्रीले कार्यकारी भूमिका निर्बाह गरेपनि ३ बर्षको प्रधानमन्त्रीको कार्यकाल पूर्ण रुपमा असफल भएको आरोप लगाएका छन् । सभापति देउवाले कुशासन र भ्रष्टाचारका कारण नेपाली दिदीबहिनी दाजुभाई बाटैमा नै छटपटाएर मरिरहेको अवस्था कसलाई थाहा छ ?
सभापति देउवाले काँग्रेसले दिएको सुझाव, कोरोना सम्बनध्ी बिज्ञहरुको सुझावलाई सरकारलेवास्तै गरेन त्यसको परिणाममा अहिले बिश्वकै अति उच्च दरमा कोभिड बढेको अवस्थाको जिम्मेवार प्रधानमन्त्री हुन् । सभापति देउवाले कोरोनाको माहामारी भएका बेला बिभिन्न उद्घाटनमा गएर सरकारले गैरजिम्मेवारीको पराकाष्ठाको नमूना प्रश्तुत गरेको देउवाको आरोप छ । माक्स, स्यानिटाईजरमा भ्रष्टाचार भएको सामानय हुन नपाउँदै कोरोनाको भ्याक्सिन वा खोपमा भएका भ्रष्टाचारको बारेमा प्रधानमन्त्रीले नबोलेको आरोप सभापति देउवाले लगाए । देउवाले अक्सिजन, भेन्टिलेटर नपाएर नेपालीहरु मरिरहँदा आफ्नो सरकारको प्रशंसा गर्नु प्रधानमन्त्रीको गलत सोच भएको बताए ।
उनले सभामुख र उपसभामुख फाल्टै दलका चाहिने ब्यवस्था हुँदा पनि प्रधानमन्त्रीले बलमिच्याईँ गरेको सभापति देउवाको आरोप छ । प्रधानमन्त्रीले प्रतिनिधि सभा बिघटन गरेर अलोकतान्त्री अभ्यास गरेको भन्दै सर्बोच्चको फैसलापछि नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने भएपनि प्रधानमन्त्रीले तीन बर्षको अबधिमा सबै गलत गरेको बताए ।
सभापति देउवाले राज्यका महत्वपूर्ण बिभागहरु आफ्नो मातहतमा ल्याई संसदीय मूल्य र मान्यता बिगारेर पटक पटक अध्यादेशले शासन चलाउने काम गरेरगलत गरेको बताए । उनले बहुदलीय ब्यवस्थामा संसद अपहरण गर्ने कार्य, पार्टी फुटाउने कार्यमा प्रत्यक्ष संलग्न हुने गलत घटना सुनिनु दुःखद भएको बताए। सभापति देउवाले बर्तमान सरकार जनउत्तरदायी नभएको, संबिधानको मर्म र भावनाको प्रतिकुल भएको, तीन बर्षमा भ्रष्टाचार मौलाएर ठूला ठूला जग्गा लिजमा दिने कार्य देखिएकोलगायतमा कुनैपनि बिषयमा छानबिन नहुने गलत भएको बताए ।
सभापति देउवाले संघीयता कार्यन्वयन, संबिधान कार्यान्वयनका लागि सरकारले कुनैपनि भूमिका खेल्न नसकेको आरोप लगाए । मौलिक हकको सही कार्यान्वयन, स्वतन्त्रताको हकलाई सरकारले अगाडी ल्याउन नसकेको सभापति देउवाको आरोप छ । उनले प्रधानमन्त्रीलाई निर्बाचनका बेला जनतालाई गरेका बाचा घर घरमा ग्यास, पानी जहाज, कसैले भोकै मनुपर्दैन, कोही बिदेश जानुपर्दैन, कोही बेरोजगार हुनुपर्दैन भन्ने प्रकारका प्रश्नहरुको उत्तर किन नदिएको भनेर कडा प्रश्न सोधेका छन् । प्रधानमन्त्रीले जनभावनाअनुसार काम गर्न नसकेकोमा उनलाई काँग्रेसले बिश्वासको मत नदिने भन्दै अन्य दलहरुलाई पनि बिश्वासको मत नदिन सभापनि देउवाले आग्रह गरेका छन्।





