काठमाडौं । नेकपा एमालेकी नेत्री शान्ता चौधरीले पार्टी नेकपा (एमाले) आन्तरिक एकताप्रति कटिबद्ध भएको खबरले खुसि भएको बताएकी छन्। चौधरीले शिर्ष नेताहरुको सुझबुझ र दोश्रो तहका नेताहरुको अनबरत प्रयत्नबाट सफलता हात लागेको बताएकी छन् ।
उनले सामाजिक संजाल फेसबुकमा लेखेकी छन् “हाम्रो पार्टी नेकपा (एमाले) आन्तरिक एकता प्रति कटिबद्ध भएको खबरले हामि सबै लाइ खुसि बनाएको छ। शिर्ष नेताहरुको सुझबुझ र दोश्रो तहका नेताहरुको अनबरत प्रयत्न बाट आज यो सफलता हात लागेको छ। अब एकता बाट दाया बाया हुने काम कतै बाट नहोस, यो देश र जनता को भबिस्य संग गासिएको बिषय हो। हामि सबै लाइ बधाई छ र आउदा दिनमा सबैले जिम्मेबारी बोध गर्नै पर्छ। देश कोरोना महामारीले आक्रान्त भएको अहिलेको अबस्थामा अब सबै एकजुट भएर महामारी बिरुद्ध लड्नु अहिलेको मुख्य काम हो।”





