राजनीति

ओलीले ३० दिनमा बिश्वासको मत लिन सक्दैनन्, नयाँ मान्छे प्रधानमन्त्री बन्छः नेता गुरुगं

१ जेठ, काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले २००७, २०१७ साललगायतका हरेक आन्दोलनमा काँग्रेस राजनीतिको केन्द्रबिन्दुमा भएपनि अहिले आएर समस्या भएको बताएको छ । अहिले नेपालका छिमेकी राष्ट्र चीन र भारत दुबैले कम्युनिष्ट पार्टीको एउटा गुटलाई समातेका र अर्को कम्युनिष्ट पार्टीको समूहलाई समातेपनि काँग्रेससँग गफ गर्न नै आवश्यक नठानेको बताए ।
नेता गुरुगंले काँग्रेसका नेताहरुले बिदेशी चलखेलका बिषयमा कसैले नबोलेपनि आफूले सधैं बिरोध गरेको भन्दै बिदेशी शक्तीको बुई चढेरसत्तामा जान सकिन्छ भन्ने सोच राख्ने हो भने मुलुक र पार्टीका लागि राम्रो नहुने बताए । उनले ३० दिभित्र तेस्रो पटक प्रधानमन्त्री बनेका केपी शर्माँ ओलीलाई बिश्वासको मत दिन सम्भव हुन नसक्ने सम्भावना रहेको भन्दै माधव नेपाललाई मिलाउने गाह्रो हुने बताए ।
नेता गुरुगंले ओललाजीले बिश्वासको मत लिन नसकेका कसैले नचिताएको ब्यक्ती प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताए । उनले काँग्रेस, माओबादी केन्द्र र एमालेबाट भन्दा बाहिरको ब्यक्ती प्रधानमन्त्री बन्ने दाबी गरे । नेता गुरुगंले कम्युनिष्ट भ्रष्ट हुन् भन्ने कुरा सबै नेपाली जनतालाई प्रष्ट भएको बताउँदै त्योएजेण्डा जनताको घरमा लगेर, समाजबादको पुनःब्याख्या गर्नेलगायतका एजेण्डा लानुपर्ने बतँए ।
नेता गुरुगंले निःशुल्क शिक्षा र निःशुल्क शिक्षाको नीति लागू गर्नुपर्ने भन्दै यस्तो कार्यदिशा लागू गरे काँग्रेसले आफ्नो पुरानो अवस्थामा फर्किने दाबी गरे । नेता गुरुगंले नेपाली काँग्रेसको महाधिवेशनका लागि जिल्ला जिल्लाबाट उम्मेद्वारी दिने र मतदान पनि जिल्लाबाटै गर्ने प्रकृयाबाट गरेमा काँग्रेस महाधिवेशन गर्न सकिने दाबी गरे ।
उनले आफूले केन्द्रीय समितिको बैठकमा ६ महिना अगाडी नै प्रस्ताव राखेको भन्दै नेतृत्वले त्यो बेलामा राखेको प्रस्ताव मानेको भए काँग्रेसले महाधिवेशन गर्न समस्या नहुने दाबी गरे । उनले काठमाडौमा झण्डै दर्जन केन्द्रीय सदस्य तथा डेढ सय नेताहरुसँगको एक जुम बैठकमा बोल्दै उक्त कुरा बोलेका हुन् ।