काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगानाले संविधानको धारा ७६ (३ ) अनुसार नियूक्त प्रधानमन्त्रीले उपधारा ४ अनुसार विश्वासको मत लिन असफल भएमा वा प्रधानमन्त्रीले राजिनामा दिएको अवस्थामा मात्र संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनका निम्ति राष्ट्रपतिले आह्वान गर्नु पर्नेमा सो नगरी प्रधानमन्त्रीको इशारामा उपधारा ५ वमोजिमको सरकार गठनको आह्वान गर्नु ठाडै असंवैधानिक रहेको बताएका छन्।
अध्यक्ष राजिव ढुंगानाले आज विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण देश आज भयावह स्थिति वाट गुज्रि रहेको समयमा देशको सरकार अरु सवै काम छोडी २४ सै घण्टा नेपाली जनताको जीवन रक्षाका निम्ति केन्द्रित भएर लाग्नु पर्नेमा वर्तमान ओली सरकार कसरी सत्तामा टिकी रहने र सत्ताको आयू लम्व्याइ रहने भन्ने एक सुत्रीय अभियानमा लागि रहनु सवै नेपालीका निम्ति दुर्भाग्यपूर्ण र विडम्वनापूर्ण रहेको बताएका छन्।
यस्तो छ जारी विज्ञप्ति 





