काठमाडौं । जनता समाजवादी पार्टीको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । समसामयिक राजनीतिबारे छलफल गर्न दलको बैठक बोलाएको एक नेताले बताए ।
सरकारको सिफारिसमा राष्ट्रपतिले ७६ (५) अनुसार सरकार बनाउन आह्वान गरेपछि पार्टी अध्यक्ष महन्थ ठाकुरले संसदीय दलको बैठक बोलाएका हुन् । एक नेताका अनुसार उक्त बैठकमा बाबुराम भट्टराई-उपेन्द्र यादव भने सहभागी छैनन् ।





