काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकारको प्रधानमन्त्री बन्न रुचि नभएको बताएका छन्। ठाकुरले शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बाहिर चर्चा भएपनि आफूलाई कुनै प्रस्ताव नआएको बताए ।
‘सम्भावनाहरु हुन्छ, सपनाहरु पनि हुन्छ, त्यो त्यति हो ।’ ठाकुरलले भने, ‘म सुरुदेखि नै प्रष्ट छु, परिस्थितिजन्य काममा मेरो कुनै इच्छा आकांक्षा छैन ।’
ठाकुरलाई प्रधानमन्त्री बनाउन उपेन्द्र यादवदेखि नेपाली कांग्रेस र माओवादी केन्द्र पनि त्यसमा सकारात्मक देखिएको छ ।





