८ बैसाख, काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले देश, राष्ट्रियता र लोकतान्त्रिक संविधानको अपव्याख्या गर्दै मध्यरातको अध्यारोमा संविधानको चिरगरण गर्ने गरी भएको नाङ्गो प्रहारको भत्सना गर्ने शब्द नै छैन भनेका छन् , उनले बिज्ञप्ती निकाल्दै यो व्यवस्था र लोकतन्त्रको धज्जी उडाउने काममा संलग्न नायकहरु जनताको सामु घुँडा टेक्ने दिन धेरै टाढा छैन भन्दै कडा आक्रोश पोखेका छन् ।उनले राष्ट्रपति र प्रधानमन्त्रीका अलोकतान्त्रीक कदमलाई तरुण दलले घुँडा टेकाएरै छाड्ने दाबी गरेका छन् ।
अध्यक्ष बस्नेतले भनेका छन्, ‘नेपाल र नेपाली जनताको सात दशक लामो निरन्तरको संघर्षबाट प्राप्त व्यवस्था र यस व्यवस्थाले अंगिकार गरेको लोकतान्त्रिक विधि र पद्धतीलाई खलल बनाउँदै नेपालको संबिधान वि.सं. २०७२ ले निदृष्ट प्रकृया विपरीत मनोमानी तरिकाले असंवैधानिक ढंगबाट यो संविधानको मर्म र भावना प्रतिकूल राष्ट्रपतिद्वारा सिंगो नेपाली जनता र व्यवस्था माथि नै घात भएको छ। यो नेपालको लोकतान्त्रिक संविधान विरुद्धको एक अक्षम्य अपराध हो। देश, राष्ट्रियता र लोकतान्त्रिक संविधानको अपव्याख्या गर्दै मध्यरातको अध्यारोमा संविधानको चिरगरण गर्ने गरी भएको नाङ्गो प्रहारको भत्सना गर्ने शब्द नै छैन। यो व्यवस्था र लोकतन्त्रको धज्जी उडाउने काममा संलग्न नायकहरु जनताको सामु घुँडा टेक्ने दिन धेरै टाढा छैन। कोरोनाको कहरले आहत बनेको देश र जनताहरुको स्वास्थ्य उपचारमा राष्ट्रीय एकता कायम राख्दै हामी सबैको ध्यान यसको निराकरणमा दिनुको साट्टो पटक पटकको संविधान माथिको आक्रमण किमार्थ हाम्रो निम्ति स्वीकार्य विषय होईन। यस कदमको विरुद्धमा एकजुट हुन नेपाल तरुण दल केन्द्रिय समिति सम्पुर्ण तरुणहरु र लोकतन्त्रप्रेमी सबैमा बिनम्रता पुर्वक अनुरोध गर्दछ।’






