काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायमुर्तिको काधमा फेरि जिम्मेवारी आएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेपछि पौडेलले यस्तो बताएका हुन्।
पौडेलले संविधान पनि बचोस र जनता पनि बचुन भन्दै कामना गरेका छन्। उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, “संविधान पनि बचोस , जनता पनि बचुन , न्यायमुर्तिको काधमा फेरि जिम्मेवारी आयो ।”





