समाचार

प्रचण्ड, देउवा, बाबुराम र उपेन्द्र संसद विघटनविरुद्ध रिट हाल्न सोमबार सर्वोच्च जाँदै

काठमाडौं । संसद विघटनविरुद्ध रिट हाल्न सोमबार सांसदहरु सर्वोच्च अदालत जाँदैछन् । रिटका लागि कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र–बाबुराम समूह र राष्ट्रिय जनमोर्चाले आफ्ना सांसदहरुको हस्ताक्षर, नागरिकताको प्रतिलिपि लगायतका कागजपत्र संकलन गरेका थिए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गर्न लागेका हुन् ।