राजनीति

कोरोनाबाट मुक्ती/माहाधिवेशन/आगामी निर्बाचनमा काँग्रेसलाई कसरी जिताउने महत्वपूर्णः उपसभापति निधि

२२ जेठ, काठमाडौं। नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले पहिले सबै नेपाली जनताले कोरोना संक्रमणबाट लाग्नुपर्ने बतँएका छन् । उनले एक भर्चुअल कार्यक्रममा बोल्दै १४ औं माहाधिवेशन समयमै गर्नुपर्छ भन्ने मान्यतामा रहने बताए । उनले पाँचवटा पार्टीका तर्फबाट १४६ जना साासदहरु लिएर सर्बोच्च अदालत गएको भन्दै प्रधानमन्त्री काँग्रेसले पाउनुपर्ने कानूनी मान्यता हुनुपर्ने बताए । उनले शसरीर सर्बोच्च अदालतमा बहुमत साँसदहरु गएपछि काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने बताए । संबिधानको धारा ७६ को ५ अनुसार परामादेश जारी गर्नुपर्ने बिचार ब्यक्त गरे।
नेता निधिले चुरेको बिषयमा सरकारले गलत काम गरेको भन्दै बिभिन्न बिदेशीसँग गर्ने कुराहरु बिदेश नीति बनाउनुपर्ने उनले बताए । उनले मुल कुरा भनेको आगामी निर्बाचनमा काँग्रेसलाई जसरीपनि जिताउनुपर्ने रहेको बताउँदै कोरोनाबाट मुक्ती, काँग्रेस माहाधिवेशन कसरी गर्ने र काँग्रेसलाई आगामी निर्बाचनमा कसरी जिताउने भन्ने कुरा महत्वपूर्ण भएको बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेर संबैधानिक र राजनीतिक संकट निम्त्याएको बतँएका छन् । ओली सरकारले मुलुकमा अराजकता निम्त्याएको भन्दै काँग्रेसले संबिधान बचाउन र राजनीतिक संकटको अन्त्य गर्न निर्णायक भूमिका खेल्ने बताएका छन् ।
उनले एक भर्चुअल कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कमजोर भएको भन्ने आरोप गलत भएको बताएका छन् । उनले अहिले काँग्रेस संबिधान बचाउने र काँग्रेसलाई कानूनी रुपबाट बचाउने दुईवटा थप जिम्मेवारी भएको बताउँदै नेपाली काँग्रेस निर्बाचनमा जाने वा नजाने भन्ने पार्टीले निर्णय गर्नुपर्ने बताए ।
पुर्वमन्त्रीसमेत रहेका नेता केसीले काँग्रेसले बिशेष माहाधिवेशन सम्भव भए क्रियाशिल सदस्यताको बिबाद मिलाएर गर्न सकिने अवस्था आउनसक्ने बताए । नेपालको संबिधानको धारा १६९ अनुसार बढीमा साढे ५ बर्षमा अधिवेशन गर्नुपर्ने बाध्यात्मक अवस्था भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च नेतृत्वलाई संबिधान संसोधन गरेर भएपनि सहयोग गर्छु भनेको कुरा गलत भएको बताए ।
उनले पत्रकार माहासँघको निर्बाचन १३ हजार सदस्यकाबीच सम्पन्न भएको दृष्टान्त दिँदै नेपाली काँँग्रेसका ७ ८ हजार माहाधिवेशन प्रतिनिधिकाबीच बिशेष माहाधिवेशन सम्भव हुने बताए । नेता केसीले एकले अर्कोलाई दोष लगाउन सजिलो भएपनि अधिवेशन गर्न त्यति सहिलो नहुने भन्दै काँग्रेसको बैधानिकताको कुरा सबैभन्दा महत्वपूर्ण भएको बताए ।
उनले सर्बोच्च अदालतले १४९ जना साँसदहरुको हस्ताक्षर भएर गएपनि स्टे अर्डर जारी नगरेकोमा असन्तुष्ट हुँदै आउँदो निर्बाचनमा नेपाली काँग्रेसलाई पहिलो बनाउँन लागि पर्नेबेला आएको बताए । नेता केसीले सहमतीमा सामूहीक रुपमा सबैले नेतृत्व गरे आफू पछाडी हट्न तयार रहेको भन्दै कसैले पनि नछाडेमा आफुपनि सभापति वा नेतृत्वको दाबी गर्ने बताए ।
कार्यक्रममा जिल्ला सभापति तथा काठमाडौंस्थाीत जिल्ला सम्पर्क समितिका सभापतिहरुले पनि महाधिवेशन र सरकारका गलत कृयाकलापको बिषयमा बोलेका थिए ।