राजनीति

काँग्रेसका कुनैपनि बैठक सरकारी निवास बालुवाटारमा नराख्न जन्मदिनको दिन गगनले गरे देउवासँग आग्रह

४ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं भनेका छन् ।
उनले आफुहरुलाई प्रधानमन्त्रीले पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न भनेको स्मरण गराउँदै काँग्रेसका कुनैपनि बैठक प्रधानिमन्त्री निवास बालुवाटारमा गर्न नहुने विचार ब्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवा वालुवाटारस्थीत निवास प्रवेश गरेकै दिन काँग्रेसको पदाधिकारी बैठक राखेका कारण नागरीक समाजका अगुवाहरुले प्रधानमन्त्री देउवालाई निवासमा पार्टीको बैठक नराख्न आग्रह गर्दै बिज्ञप्ती निकालेका थिए । नेकपा एमालेबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले जनताको आलोचना भएपनि पार्टीका सबै बैठकहरु प्रधानमन्त्री निवास बालुवाटारमा गर्ने गरेका थिए । प्रधानमन्त्रीको सरकारी निवासलाई सरकारी प्रयोजनबाहेक प्रयोग गर्नु नराम्रो भएकोले उक्त कार्यको बिगतदेखी नै आलोचना भईरहेको छ ।

गगनको ट्वीटः प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं।
उहाँलेुपार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्नु
भन्ने विश्वास दिलाउनु भएको छ।