१० भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश संसद्को स्थिरताका लागि भएको सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । मन्त्री कार्कीले आफु आफ्ना सुनसरी क्षेत्र नम्बर ४ र यस क्षेत्रका जनता लागि नै अगह पुर्वाग्रह नराखी काशका कार्यमा लगिरहने बताउँदै स्थानीयका समस्या सुनेका थिए ।
सुनसरीको कोशी गाउँपालिका–३ स्थित जङ्गली जनावरबाट पीडित भएकासँग आज छलफल गर्दै मन्त्री कार्कीले अध्यादेश संसद्को स्थिरताका भएको दावी गरे । उनले भने, “सरकारले ल्याएको अध्यादेश कुनै पार्टी फुटाउन नभई संसद्को स्थिरताका लागि हो, यो बाध्यात्मक अवस्थाको उपज हो ।”
गठबन्धनको संस्कृतिलाई बलियो बनाएर लैजाने विषयमा छलफल जारी रहेकाले सरकार विस्तारमा ढिलाइ भएको बताउँदै प्रवक्ता कार्कीले वर्तमान सरकारले छिट्टै पूर्णता पाउने विश्वास दिलाए । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको विस्तार र स्थानीयको समस्या बुझ्न उनी यहाँ आएका हुन् ।
उनले सरकारले ल्याएको अध्यादेश एमाले वा जसपा फुटाउन नभई सरकारको बाध्यता भएको संकेत गरेका थिए । मन्त्री कार्की एक दिने कार्यक्रममा प्रमुख अतिथीको रुपमा आई पुनः काठमाडौं फर्किका छन् ।
कार्यक्रममा नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ४ का अध्यक्ष एबम् कोशी गाउँपालीकाका मेयर अयुव अन्सारीले कोशी गाउँपालीकामा भएको हात्तीलगायतका जनावरको आक्रमणबाट भएको क्षती दुःखद भएको भन्दै स्थानीय र सरोकारवालासंगको सहकार्यमा नियन्त्रण प्रयास गरिएको बताए ।






