२९ असोज, काठमाडौं । नेपाली काँग्रेस सभापति एबम् प्रधानमन्त्री शेरबहादुर देउवासँग आज टीका लगाउन गृहमन्त्री बालकृष्ण खाँण र सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलगायत उच्च पदस्थ अधिकारीहरु प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।
सर्बसाधारणलाई कोरोना संक्रमणको जोखिमका कारण टीका नलगाईदिएका प्रधानमन्त्री देउवाले शक्तीसाली मन्त्रीहरुलगायत उच्च तथा प्रधानमन्त्री कार्यालय एबम् निवासका कर्मचारीहरुलाई टीका लगाइदिएका थिए ।
नेपालीहरुको महान चाड बडादशैं अनि बडादशैंको सबैभन्दा महत्वपूर्ण चाड दशमी टीकाको दिन सर्बसाधारणलाई टीका नलगाएपनि सभापति देउवाले केही निकट नेताहरुलाईसमेत टीका लगाई आशिर्बाद दिएका थिए ।
प्रधानमन्त्री देउवाले बिहान आफूले टीका लगाएपछि अन्य बिशिष्ट ब्यक्तीलाई र्टीका लगाईदिएको बालुवाटार स्रोतले बताएको छ । हिन्दू परम्परामा आफुभन्द्या सिनियरसँग टीका लगाएर आशिबाद लिँदा भाग्यमानी ठानिने चलन छ । टीका लगाउन पदीय रुपमा उच्च तहकोमा जानुलाई आलोचकहरुले चाकरीको संज्ञासमेत दिने गरेका छन् ।

त्यस्तै प्रधान सेनापति प्रभुराम शर्मा, महान्यायाधिवक्ता खम्मबहादुर खाती र नेपाल सरकारका तीनवटै सुरक्षा निकायका प्रमुखले प्रधानमन्त्रीबाट टीका लगाएका थिए ।





