७ कात्तिक, धादिङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रभावशाली नेता डान शेखर कोईरालाले खुकुरी देखाएर पार्टीको १४ औं अधिवेशन रोक्न खोजिएको बताएका छन् ।
उनले काँग्रेसको १४ औं केन्द्रीय अधिवेशन बिभिन्न बाहनामा रोक्न खोजिएको भन्दै उक्त अधिवेशन नभएको जिम्मेवारी केन्द्रीय सभापति शेरबहादुर देउवा र पदाधिकारीले लिनुपर्ने जिकिर गरेका छन् ।
प्रेश यूनियन धादिङले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसको नेतृत्वका कारण काँग्रेस पछिल्लो समय कमजोर भएको भन्दै अधिवेशन समयमा नभएको खण्डमा अझ कमजोर हुने बताएका छन्।
उनले भने, ‘‘उहाँहरुलाई लज्जा बोध छैन, नगर अधिवेशन नै सकिएको छैन, त्यसैले तोकिएकै समयमा निर्वाचनको छाटकाँट छैन, केही ठाउँमा क्रियाशिल सदस्य विवादको बहानामा अधिवेशन रोक्न खिजिदैछ।’
उक्त नेपाल प्रेस युनियन धादिङले धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, बद्री पाण्डे, गुरु घिमिरे, साथमा कांग्रेस जिल्ला कार्यसमितिका सभापतिहरुः मरसिंह पुन(रोल्पा), मधु आचार्य (काभ्रे), जितनारायण श्रेष्ठ (चितवन), रमेश धमला (धादिङ), कांग्रेस सिन्धुलीका पुर्वसभापति
मोहन बराल, चितवन कांग्रेसका पुर्वसभापति टेकप्रसाद गुरुङ लगायत दर्जनौ नेताहरुको उपस्थिति थियो ।





