१० मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरु नसुध्रिएसम्म व्यवस्या नसुध्रने बताएका छन् । नेकपा एमालेको चितवनमा सुरु भएको दशौं महाधिवेशनमा शुभकामना सन्देश दिँदै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।
उनले अहिले मुलुकमा देखिएको अस्थव्यस्थता र अराजकता पनि राजनीतिक दलकै कारण आएको भन्दै यस्को जिम्मा पनि सबै राजनीतिक दलहरुले नै लिनुपर्ने बताएका छन् । उनले न्यायपालिका, कार्यपालिका र संसदभित्र अहिले अराजकता बढेको बताएका छन् । उनले सबै राजनीतिक पार्टीले एउटाले अर्कोलाई दोष लगाइरहेको भन्दै कसैले कसैलाई दोस दिएर यसबाट उम्कन नमिल्ने समेत बताएका छन् ।
साथै अधयक्ष केसीले मुलुकका सबै कम्युनिष्ट एक भएहुन्थ्यो भन्ने जनताको चाहना भएको समेत बताएका छन् । नेपालको कम्युनिष्ट आन्दोलनमै बढी तितो पिरो रहेको अध्यक्ष केसीको भनाई छ । साथै उनले अहिले मुलुक जसरी जानुपर्ने हो त्यसरी मुलुक जान नसकेको बताएका छन् ।





