राजनीति

सहमती गराउने जिम्मा ओलीलाई दिएकोमा नेता रावलको कडा बिरोध

११ मंसिर, भरतपुर । नेकपा एमालेको १० औं महाधिवेशनअन्तर्गतको बन्दशत्र भोलीसम्मका लागि स्थगीत भएके छ । अध्यक्ष, पदाधिकारी तथा सदस्यमा उम्मेद्वारी दिने आकाँक्षीको संख्या ह्वात्तै बढेपछि नेकपा एमालेले अध्यक्ष केपी ओलीलाई सहमती गराउँने जिम्मा दिएको छ भने अध्यक्षमा उम्मेदवारी दिएका नेता भीम रावलले उक्त सहमती गराउन दिएको अधिकारलाई इन्कार गरेका छन् ।
भब्य रुपमा सम्पन्न हुन गईरहेको एमाले अधिवेशनमा अध्यक्ष ओलीको बिरुद्धमा नेता भीम रावलले अध्यक्षमा उम्मेद्वारी दिएका छन्, उम्मेद्वारीमा रावलले पनि आफ्नो समूहसहित नै मैदानमा उत्रिने घोषणा गरेपछि ओली पक्ष चिन्तित भनेको हो ।
नेता रावलले सहमती गर्न ओलीलाई अधिकार दिएको आक्रोस पोख्दै खुल्लाम खुल्ला बिरोध जनाएका छन् ।