राजनीति

कार्यकर्तालाई नेता सिंहको अपिलः नेतृत्व परिवर्तनमा साथ दिनुस्

१२ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले शक्ति र बहुमतको भरमा पार्टी पार्टीको विधान विपरीत काम कसैले गर्न नपाउने बताएका छन् । आज नेपाली कांग्रेस काठमाडौं जिल्ला अधिबेशनको उदघाटनलाई सम्बोधन गर्दै नेता सिंहले काँग्रेस कमजोर हुँदा देशको अबस्था नै कमजोर हुने बताएका हुन् ।

उनले नेतृत्व परिवर्तन काँग्रेसको अहिलेको आवश्यकता भएको समेत जिकिर गरेका छन् । आर्दशको कुरा गरेर देशको विकास हुन नसक्ने भन्दै उनले काम पनि गरेर देखाउनु पर्ने बताएका छन् । नेता सिंहले काँग्रेस भित्र बर्तमान नेतृत्वले लोकतान्त्रिक पद्धतीको पालना गर्न नसकेको आरोप लगाएका छन् ।

पदमा रहँदाका गतिविधी र जिम्मेवारी वहन गरे नगरेको मुल्याङकन गर्नु अब नेता कार्यकर्ताले गर्नु पर्ने समय आएको उनको भनाइ थियो । विधिसवत तरिकाले पार्टी सञ्चालन गरि देश र जनताको सुख समृद्धिको लागि काँग्रेस अगाडी बढ्नु पर्ने उनले बताए । क्रियाशिल सदस्या वितरणमा बषै देखि पार्टीमा काम गरेका कार्यकर्तालाई अन्याया भएको पनि उनले बताए । नेतृत्व परिवर्तनका लागि कार्यकर्ताले साथ दिनुपर्ने उनको भनाई छ ।