१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवशेन अन्तर्गत हालसम्म करिब डेढ लाख पदमा नयाँ नेतृत्व चयन भएको छ । ति मध्य ९४ प्रतिशत पदमा सर्वसम्मत नेतृत्व चएन भएका छन् । ६ प्रतिशत पदमा चुनावी प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिएको छ भने यो संख्या अझै बढेर जाने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
साथै वडा, पालिका, प्रदेशसभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्र र जिल्ला तथा क्षेत्रीय, प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत गरी अहिलेसम्म डेढ लाख पदमा नेतृत्व चयनको काम पुरा भएको प्रवक्ता शर्माले जानकारी दिए । हालसम्म १ लाख ४१ हजार ४२ पदमा सर्वसम्मतबाट र ८ हजार ४७४ पदमा चुनावी प्रतिस्प्रर्धाबाट नयाँ नेतृत्व चयन भएको उनले बताए का छन् ।
नेतृत्वमा पुगेकामध्ये ६८ हजार ८३२ जना खसआर्य समुदायका छन् भने थारु समुदायबाट ५ हजार ८ सय २७ जना नेतृत्वमा आएका छन् । यसैगरी अपांगता भएका १ हजार ८ सय ६४ जना, आदिवासी तथा जनजाति समुदायका ४१ हजार २ सय ५६ जना रहेको उनले बताए । त्यस्तै ४३ हजार ३५७ जना महिलाहरु पनि नेतृत्वमा पुगेका छन् ।





