राजनीति

देउवा पक्षका नेतालाई मात्र बोल्न दिएको भन्दै पौडेल पक्षको विरोध

१६ मंसिर, काठमाडौं । देउवा पक्षका नेतालाई मात्र बोल्न दिएको भन्दै पौडेल पक्षले बिरोध जनाएको छ । गण्डकी प्रदेश अधिवेशन उद्घाटन सत्रमा आफु पक्षका नेताहरुलाई वक्ता नराखिएको भन्दै नारावाजी गरेका हुन् । साथै पौडेल पक्षका कार्यकर्ताहरुले प्रदेश अधिवेशनमा तोकिएको उम्मेदवारी शुल्कमाथि पनि प्रश्न उठाएका छन् ।

सभापतिका लागि ९१ हजार, उपसभापतिका लागि ६१ हजार, महामन्त्रीका लागि ५१ हजार, सहमहामन्त्रीका लागि ४१ हजार र सदस्यका लागि ३१ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएकामा पनि पौडेल पक्षका नेता कार्यकर्ताहरु बिरोधमा उत्रिएका हुन् ।