१८ मंसिर, काठमाडौं । विवेकशील साझा पार्टीले सिटिजन्स डिसकसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच एकता घोषणा गरेको छ । आज माइतीघर मण्डलमा एक कार्यक्रम गरी पार्टीले एकता घोषणा गरेको हो । एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ नै रहने र एकीकृत पार्टीका अध्यक्ष रवीन्द्र मिश्र हुने घोषणा क्रममा उनीहरूले बताएका छन् ।
पार्टीलाई बृहत्तर बनाउँदै लैजाने क्रममा पार्टीको नाम उपयुक्त समयमा परिवर्तन गर्न सकिने समेत उनीहरूले बताएका छन् । एकीकृत पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहनेछ भने एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुने बताइएको छ । एकीकृत पार्टीको प्रमुख कार्यभार देशव्यापी आन्दोलन, संगठन निर्माण र महाधिवेशन हुने कार्यक्रमबीच उनीहरूले बताएका छन् ।





