१८ मंसिर, काठमाडौं । नेकपा (एकिकृत) समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई टर्च बालेर खोज्ने बनाउने बताएका छन् । आज अर्घाखाँचीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी निर्वाचनपछि एमालेमा टर्च बालेर खोज्नुपर्ने अवस्था आउने बताएका हुन् ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान विपरीत दुई\दुई पटक संसद विघटन गरेपछि अहिले बहुमत ओलीको पार्टीको विपक्षमा रहेको नेपालले दाबी गरेका छन् । साथै अध्यक्ष नेपालले अहिलेको गठबन्धन निर्वाचनसम्मै कायम रहने समेत बताएका छन् ।
अध्यक्ष नेपालले सरकारमा बस्नेले गलत बाटोमा जान छुट नभएको उल्लेख गर्दै भ्रष्टाचार गर्नेलाई जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने समेत बताएका छन् ।





