राजनीति

कमल थापालाई पराजीत गर्दै राजेन्द्र लिंदेन राप्रपाको अध्यक्षमा भारी मतान्तरले बिजयी

१९ मंसिर, काठमाडौं । राप्रपाको अध्यक्षमा राजेन्द्र लिंदेन बिजयी भएका छन् । ३० बर्षभन्दा अगाडीदेखी राप्रपाको नेतृत्वमा कुनै न कुनै रुपबाट रहँदै आएका कमल थापालाई पराजीत गर्दै झापाबाट प्रतिनिधि सभामा निर्बाचित एकमात्र साँसद लिंदेन राप्रपाको अध्यक्षमा निर्बाचित भएका छन् ।
राप्रपामा सिलँदेनको बिजयलाई पुरानो र परम्पराबादी भन्दा नयाँ बिचार जनतालेमात्र भन्दा कार्यकर्ताले मनपराउँदारछन् भन्ने सन्देश आएको टिप्पणी सामाजिक सञ्जालहरुमा भईरहेका छन् । हिन्दू राज्य, राजसंस्थालाई एजेण्डा गराएपनि बिभिन्न गणतान्त्रीक सरकारहरुमा भाग लिएको, गणतान्त्रीक संबिधानमा हस्ताक्षर गरेकोलगायतको आरोप कमल थापालाई लाग्दै आएको थियो ।
नेता लिंदेनले पटक पटक कमल थापालाई पार्टीको सल्लाहकारीय भूमिकामा बस्न आग्रह गरेपनि उनले मानेन र लिँदेनसँग निर्बाचनको प्रतिष्पर्धामा उत्रे तर नतिजामा २ सय मतको अन्तरले राजेन्द्र लिँदेनले कमल थापालाई पराजीत गरे । राजेन्द्र लिँदेनको १८१७ मत परिणाम आउँदा कमल थापाको १६१७ मत आएको अवस्था छ ।
राजाबादीहरु पुरै पछिल्लो समयमा राजेन्द्र लिंदेनको पक्षमा देखिएको पुष्टी भएको छ । डा प्रकाशचन्द्र लोहनीले राजेन्द्र लिँदेनलाई खुलेर समर्थन गरेका थिए । पशुपति शम्सेर राणाले आपु राप्रपा एक भएको हेर्न चाहने बताउँदै आएका छन्।