२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सहमतीका लागि आफुले त्याग गर्न तयार रहेको बताएका छन् ।
चाक्सीबारीस्थित नेता प्रकाशमान सिंह निवासमा जारी आफूपक्षीय नेताहरुको छलफलमा पौडेलले यस्तो बताएका हुन् । उनले साझा उम्मेदवारका बनाउनका लागि सबै मन्जुर भए आफु त्याग गर्न तयार रहेको बताएका छन् ।
वरिष्ठ नेता पौडेलले भने तपाईंहरु मिल्न तयार भए, म छोड्न तयार छु । साझा उम्मेदवार तय गर्नुको विकल्प नभएको भन्दै नेता पौडेलले माथि मिलेपछि पदाधिकारीदुई घन्टामै सम्पन्न गर्ने बताए ।
बैठकमा साझा उम्मेदवारबारे छलफल भइरहेपनि निष्कष निस्कन नसकिरहेको अवस्थामा नेताहरुलाई सहमतिमा पुग्न दबाब स्वरुप युवाहरुले भने बैठकस्थलबाहिर प्लेकार्ड सहित प्रदर्शन गरिरहेका छन् ।





