२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा भईरहेको गुटउपगुटको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै नेता पौडेलले कांग्रेसलाई बलियो बनाउन गुटउपगुटको अत्य हुनुपर्ने बताएका हुन् ।
गुटउपगुटले कांग्रेस कमजोर हुँदै जाने भएकाले यसको अन्त्य गरी पार्टी एकजुट भएर अगाडि बढ्नु आजको आवश्यकता रहेको वरिष्ठ नेता पौडेको धारणा छ ।
साथै उनले पार्टीको १४ औँ महाधिवेशनपछि नेपाली कांग्रेसमा गुटउपगुटको अन्त्य भएर जाने विश्वास समेत व्यक्त गरेका छन् ।





