२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमतीबाट नभए प्रतिस्पर्धाबाट पनि नेतृत्व चयन हुनसक्ने बताएका छन् । प्रधानमन्त्री समेत रहेका देउवाले १४ औं महाधिवेशनमा सहमतीबाटै नेतृत्व चयन गर्न भरपुर कोसिस गर्ने तर सहमतीबाट नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने बताएका हुन् ।
आज कांग्रेसका सहमहामन्त्री महामन्त्री डा. प्रकाशहरण महतले लेखेको पुस्तक काठमाडौंमा विमोचन देउवाले यस्तो बताएका हुन् । साथै उनले प्रतिस्पर्धाबाट आउने नतिजालाई सबैले सामान्य रुपमा लिनुपर्नेमा समेत जोड दिएका छन् ।
देउवाले अगाडी भने, प्रतिस्पर्धामा जितहार हुन्छ । हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने । यसलाई सामान्य प्रक्रियालाई लिएर कुनै पनि प्रकारको कटुता, मनोमालिन्य, असहिष्णुता नआओस् ।’साथै सभापति देउवाले महाधिवेसन पछि कांग्रेसलाई बहुमतको पार्टी बनाउन लाग्नुपर्ने प्रतिकृया दिएका छन् ।





