राजनीति

नेता प्रति जनताको विश्वास मरेको छः राप्रपा अध्यक्ष लिङदेन

२४ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक दलका नेताले जनताका विश्वास गुमाईसकेको बताएका छन् । अध्यक्ष लिङदेनले नेतालाई जनताले चोर भन्न थालेको बताएका छन् । 

नेपाली कांग्रेसको आजदेखी काठमाडौंमा सुरु भएको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा सुभकामना दिँदै अध्यक्ष लिङदेनले नेता प्रति जनताको विश्वास मरेको जस्तै भएको बताएका छन् ।

२०४७ सालपछि कुनैपनि पार्टीले आफ्नो पुरा कार्यकाल समेत पुरा गर्न नसकेको तर्फ सबैको ध्यान केन्द्रीत गर्न जरुरी रहेको समेत बताएका छन् ।

साथै उनले सांसदले मन्त्री हुन नपाउने व्यवस्था लागु गरेर जानुपर्ने समेत बताएका छन् । यस्तै अध्यक्ष लिङदेनले देशको राजनीति लिकबाहिर पुगेको भन्दै यसलाई सच्याएर जानुपर्ने बताएका छन् ।

सरकार सरकारजस्तो, संसद संसदजस्तो र अदालत अदालतजस्तो नभएको उनले टिप्पणी छ । लिङदेनले अब देशमा राष्ट्रप्रमुखका रूपमा राजसंस्थालाई ल्याउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।