राजनीति

कांग्रेस र एमालेले मात्रै देशलाई सही दिशामा अघि बढाएको छः अध्यक्ष ओली

२४ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र एमालेको नेतृत्वले नै देशलाई सही दिशामा अघि बढाएको बताएका छन् ।

काठमाडौंमा जारी कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै उनले देशको अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको र यसका लागि कांग्रेससँग सहकार्य गरेर एमाले अघि बढ्न तयार रहेको समेत बताएका छन् । देश बनाउन विषयमा कांग्रेससँग एमाले रहेको उनको भनाइ छ । ओलीले कांग्रेससँग सहकार्य गरेर देश विकासमा हिँड्न एमाले तयार रहेको बताका हुन् ।

ओलीले नेपाली कांग्रेस आन्दोलन र परिवर्तनको इतिहास बोकेको पार्टी भएको बताएका छन् । उनले यो पार्टीकै नेतृत्वमा देशमा धेरै क्रान्ति भएको उल्लेख गर्दै आगामी दिनमा अझै फैलिने र विस्तार होस् भन्ने शुभकामना दिएका छन् । ओलीले आफू कसैप्रति आलोचना नगर्ने बताउँदै देशमा धेरै परिवर्तन भएको उल्लेख गरेका छन् ।

यस्तै ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भर्खरको बाच्छोको संज्ञा दिएका छन् । राप्रपा अध्यक्ष लिङदेनले राजतन्त्रसहितको प्रजातन्त्र आवश्य रहेको बताएपछि त्यसको जवाफमा ओलीले भर्खरको बाच्छोको संज्ञा दिएका हुन् ।