२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोईरालाले मुलुक धर्म निरपेक्ष नभई हिन्दु राज्य हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेनश अन्तर्गतकोे उद्घाटन सत्रमा बोल्दै डा.कोईरालाले यस्तो बताएका हुन् । साथै उनले कांग्रेसले अधिवेशन गर्दा खेरी निति भन्दा पनि नेतृत्वकोे बारेमा मात्रै सोच्नु दुर्भाय भएको बताएका छन् ।
फरक प्रसंगमा डा.कोईरालाले ६० प्रतिशत व्यक्ति कृषी क्षेत्रमा आत्मनिर्भर हुँदा २ प्रतिशत बजेट छुट्याईनु दुःखद भएको बताएका छन् ।
उनले देशको मुख्य अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषिमा २५ देखी ३० प्रतिशत बजेट छुट्याउन समेत सरकारलाई आग्रह गरेका छन् । बजेटमा कृषिलाई बलियो आधार दिनुपर्ने उनको भनाई थियो ।





