राजनीति

काँग्रेस महाधिवेशनमा मनोनयनः कसकसले दिएलान उम्मेद्वारी ? पुनः सभापति बन्नेमा देउवा ढुक्क !

२५ मंसिर, काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज मनोनयन कार्यक्रम रहेको छ । पार्टी सभापतिमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, पूर्व महामन्त्री प्रकाशमान सिंह, पुर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, प्रभावशाली केन्द्रीय सदस्य डा शेखर कोईरालालगायतका नेताहरुले उम्मेद्वारी घोषणा गरेपनि कसकसले उम्मेद्वारी दिने हुन् त्यो हेर्न बाँकी छ ।
सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको उम्मेद्वारी फिर्ता लिने समय पनि भएकोले उम्मेद्वारी दिएपछि फिर्ता लिनसक्ने सम्भावनासमेत बलियो देखिएको छ । देउवा पक्षबाट सभापतिमा उपसभापति बिमलेन्द्र निधिले बिद्रोह गरेका छन् भने पौडेल पक्षमा सभापतिका आकाँक्षीहरु प्रकाशमान सिंह, डा शेखर कोईरालाले उम्मेद्वारी दिने बताएका छन् । सिटौलाले सभापति देउवासँगै मिलेर जाने संकेत गर्दै प्रदीप पौडेललाई महामन्त्रीको उम्मेद्वारी दिने बताउँदै युवाहरुलाई समेट्ने दाबी गरेका छन् ।
सभापति, पदाधिकारी तथा सदस्यहरुका आफू र आफ्नो समूह बलियो बनाउन सबै नेताहरु दैनिक रुपमा कोठे बैठकहरुमा ब्यस्त देखिएका छन् । सभापति देउवा आफु सभापतिमा अत्याधीक बहुमतले बिजयी हुनेमा ढुक्क देखिएको देउवा निकटका एक नेताले सुर्यखबरलाई बताए । सभापति देउवाले आफू सभापति बन्न क्षेत्र, जिल्ला, प्रदेशलगायत देशभरको माहौल बनेको भन्ने गृहमन्त्रालयको रेकर्डका आरणसमेत सभापतिमा पुनः निर्बाचित हुनेमा ढुक्क भएको ती नेताले सुर्यखबरसँग दाबी गरे ।
बरिष्ठ नेता पौडेल पक्षले सर्बसम्मती उम्मेद्वार चयन गर्न नसक्ने र सर्बसम्मती गरे भने चैं देउवालाई भारी मतले बिजयी हुन भने गाह्रो पार्ने ती नेताको तर्क छ । उम्मेद्वारहरुले महाधिवेशनस्थलमा आफुलाई मतदान गरी बिजयी गराउन प्रचारप्रसारहरु प्रशस्तै गरेका छन् ।