राजनीति

देउवाको दाबीः सभापतिमा विजयी भए तीनै तहमा पार्टीलाई बहुमत दिलाउँछु

२५ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भए सबै तहमा बहुमत दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । सभापति पदमा उम्मेदवारी दिएपछि ट्वीट गर्दै उनले भने – ‘कांग्रेसलाई बलियो बनाउँदै आगामी स्थानीय, प्रदेश र सङ्घीय संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने मेरो एउटै लक्ष्य छ । यो लक्ष्यमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।’

यस्तै देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिलाउन आफूले सभापतिको उम्मेदवारी दिएको बताएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले मुलुकमा आफ्नो नेतृत्वमा आगामी निर्वाचनमा जादा पक्कै पार्टीको बहुमत आउने विश्वास दिलाए । प्रधानमन्त्री देउवाले भने, “सभापतिको निर्वाचनमा पहिलो चरणमा नै विजयी हुनेछु ।”