२६ पौष, काखठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गन शनिबार सम्पन्न १४ औं महाधिवेशनको मनोनयनमा महामन्त्रीमा तीन राजनीतिक हस्ती र ३ डाक्टरले उम्मेद्वारी दिएका छन् ।
महामन्त्रीमा डा शेखर कोईरालाको समूहबाट गगन थापा, प्रकाशमान सिंहको समूहबाट बिश्वप्रकाश शर्मा र शेरबहादुर देउवाको तर्फबाट प्रदीप पौडेलले महामन्त्रीमा उम्मेद्वारी दिएका हुन् ।
यस्तै डा कोईराला समूहबाट डा मिनेन्द्र रिजाल, बिमलेन्द्र निधिको समूहबाट डा राजाराज कार्की र शेरबहादुर देउवाकोतर्फबाट डा प्रकाश सरण महत रहेका छन् । गगन, बिश्वप्रकाश र प्रदीप पौडेल कार्यकर्ता र जनतामा लोकप्रीय नेताका रुपमा परिचित छन् भने डा प्रकाश शरण अहिले सहमहामन्त्री र डा मिनेन्द्र रिजाल बर्तमान रक्षामन्त्री छन् । राजाराज काकी पनि चिनिएका नेता हुन् ।
पछिल्लो समयमा देखिएको आफ्नो समूहमा तानातानको अवस्थामा नेताहरु एउटा समूहबाट अर्को समूहमा जाने आउने क्रम देखिएको छ । काँग्रेस महाधिवेशनबाट दुईजना महामन्त्री निर्बाचित हुनेछन् भने बाँकी चारजना पराजीत हुनेछन् । जुन समूहमा उम्मेद्वामरी दिएपनि युवाहरुमा गगन थापा र बिश्वप्रकाश शर्माको नाम अझ लोकप्रीय देखिएको छ । कसले बिजवय गर्छ त्यो केहीदिनको पर्खाइमा सबैलाई जानकारी हुने कुरा हो ।





