२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेस सभापतिका उम्मेदवार डा.शेखर कोईरालाले चुवानमा आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । राष्ट्रिय सभामा मतदानपछि पत्रकारसंग बोल्दै कोईलालाले आफ्नो चुनावी माहोल राम्रो बनेको भन्दै जित सुनिश्चत रहेको बताएका हुन् ।
कोईरालाले पहिलो चरणमा आफुले जित्ने भन्दै दोस्रो चरणमा नजाने समेत बताएका छन् । उनले आफ्नो विवेकको प्रयोग गरि मतदान गर्न प्रतिनिधिलाई आग्रह समेत गरेका छन् । डा कोईरालाले पार्टीलाई युवाको जोस र पाकाहरुको अनुभवबाट अगाडि बढाउने बताएका छन् ।





