२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले प्रकाशमानको ठाउँमै उभिने बताएका छन् ।
सभापतिका उम्मेद्वार प्रकाशमान सिंहले अर्का सभापतिका उम्मेद्वार शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय गरेपछि सामाजिक सञ्जाल ट्वीट माफर्त शर्माले पराजित भएपनि प्रकाशमानलाई साथ दिनु आफ्नो कर्तव्य भएको उल्लेख गरेका छन् ।
सभापतिको दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई सहयोग गर्ने निर्णयप्रति विश्वप्रकाश शर्माले समर्थन जनाएका हुन् । शर्मा सिंहको प्यानलबाट महामन्त्रीका उम्मेदवार हुन् ।






