२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेद्वार डा.शेखर कोईरालाले आफु दोस्रो चरणको प्रतिस्पर्धामा जाने बताएका छन् । आज आफ्नो प्यानलका सबै उम्मेद्वारका साथमा पत्रकार सम्मेलन गर्दै डा.कोईरालाले महाधिवेशन प्रतिनिधिलाई विवेकको प्रयोग गर्न आग्रह गरेका छन् ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि दोस्रो चरणको मतदान साढे ३ बजेदेखी शुरु हुदैछ ।
उता सभापतिका अर्का उम्मेद्वार शेरबहादुर देउवालाई सभापतिका उम्मेद्वारहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्यान गुरुङले समर्थन गर्ने जनाएपछि शेखर एक्लीएका छन् । तर दोस्रो चरणको चुवानबाट आफ्नै जित हुने दाबी गर्दै कोईरालाले जित हार जे भएपनि स्वीकार्ने बताएका हुन् ।





